लागुऔषधसहित युवक पक्राउ
xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605
कञ्चनपुर। यहाँको बेलौरी नगरपालिका–१० भुडाँमैलीमा लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरिएको छ।
आज साँझ भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बेलडाँडी गाउँपालिका–१ रौलेश्वर निवासी २२ वर्षीय हरेन्द्र साउँदलाई प्रहरीले जाँचका क्रममा पक्राउ गरेको हो।
‘ड्युटी’मा खटिएको प्रहरी टोलीले शङ्का लागेर जाँच गर्दा साउँदका साथबाट १४ ग्राम ८४० मिलिग्राम लागुऔषध ब्राउन सुगरजस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment