ढुंगा लागेर वडा सदस्यको मृत्यु

डिसी नेपाल
२९ वैशाख २०८३ २०:३२
बाजुरा । जिल्लाको बूढीगंगा नगरपालिकामा भिरबाट खसेको ढुंगा लागेर वडा सदस्यको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही नगरपालिका–३ ताँप्राकी ३७ वर्षीया कल्पनादेवी थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिएका छन्।
आज दिउँसो फालासैनबाट घर फर्किने क्रममा गुइगाड खोलाको पुल नजिकै भिरबाट खसेको ढुङ्गा लागेर उनको घटनास्थलमा नै मृत्यु भएको हो।
स्थानीयले खबर गरेपछि बार्जुगाड प्रहरी चौकीबाट खटिएको टोलीले थापालाई मृतावस्थामा फेला पारेको प्रवक्ता शाहीले बताएका छन्। थापा विसं २०७९ को स्थानीय तह  निर्वाचनमा नेकपा (एमाले)बाट निर्वाचित भएकी थिइन्।

No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *