एनटिएनसीको अध्यक्षमा वनमन्त्री चौधरीको पदभार

डिसी नेपाल
२९ वैशाख २०८३ २१:३५

काठमाडौं। वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) को अध्यक्षको पदभार ग्रहणसँगै ‘शून्य सहनशीलता’ नीति लागू गर्न निर्देशन दिएकी छन्।

प्रधानमन्त्री वालेन्द्र शाहले सोमबार एनटिएनसीको अध्यक्षको जिम्मेवारी प्रदान गरेसँगै मन्त्री चौधरी आज (एनटिएनसी) को अध्यक्षको जिम्मेवारी, पदभार ग्रहण गर्नुभएको हो । सो अवसरमा उनले पारदर्शी र उत्तरदायी ढङ्गले काम गर्नुपर्नेमा जोड दिइन्।

मन्त्री चौधरीले संरक्षण क्षेत्रमा कोषले पु¥याएको योगदानको उच्च कदर गर्दै आगामी दिनमा संस्थालाई अझ प्रभावकारी र नमूना संस्था बनाउनुपर्ने जोड दिइन्। सो कार्यक्रममा सचिव, विभागीय प्रमुख तथा एनटिएनसीका कर्मचारीहरूको उपस्थिति रहेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *