‘डेङ्गु’ र कोरोना उस्तै–उस्तै हुन्, यिनको एन्टिभाइरल बनेको छैन : निर्देशक डा. पाण्डे

डिसी नेपाल
१९ जेठ २०७७ १८:५५

काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले कोरोना र ‘डेङ्गु’ एउटै प्रकृतिको भएको बताएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले ‘डेङ्गु’ को पनि ‘एन्टिभाइरल’ बन्न नसकेको बताए ।

उनले भने, ‘‘डेङ्गु’ ज्वरो पनि कोरोना जस्तै एकखालको भाइरसबाट हुने रोग हो । यो रोगको पनि अहिलेसम्म कुनै भ्याक्सिन बन्न सकेको छैन। राम्रो खालको भ्याक्सिन विकास भएको छैन। स्पेसेफिक यो भाइरसको एन्टीभाइरल भन्ने औषधी हामीसँग छैन।’

नेपालमा हरेक वर्ष प्रकोपको रुपमा देखिने ‘डेङ्गु’ १६ वर्ष पहिले सन् २००४मा पहिलो पटक देखिएको डा. पाण्डेले जानकारी दिए। उनले भने, ‘२÷३ वर्ष महामारी लिएको छ। यो रोगको विरामीहरु सामान्य तयः वैशाखदेखि मंसिरसम्म देखिनेगरेका छन्।’

गत वर्ष मात्र ‘डेङ्गु’बाट नेपालका ६८ जिल्ला प्रभावित भएको उनले बताए । उनले भने, ‘लगभग १६ हजार मानिस ‘डेङ्गु’ बाट प्रभावित भएका थिए। ६ जनाको मृत्यु भएको थियो।’

यो वर्षको पौषदेखि आजसम्म ८२ जनामा डङ्गे देखा परेको डा. पाण्डेले जानकारी दिए । उनले भने, ‘पौषदेखि आजसम्म २६ जिल्लाहरु प्रभावित भएका छन् । सबै भन्दा धेरै रुपन्देही ३५ र म्याग्दी जिल्लामा १२ जनामा डेङ्गु देखिएको छ।’

उनका अनुसार, मकवानपुर गोरखा र तनहँु जिललामा १/१ जान, कास्कीमा १० जना, काठमाडौंमा ७ जना, नवलपरासीमा १, बाग्लुङमा २, ललितपुरमा ४, सुनसरीमा ४, र पाल्पामा १ जनामा डेङ्गु देखा परेको छ। यस्तै, नवलपरासी (पश्चिम)मा १ जना, मोरङमा ३ जना, कपिलवस्तुमा ३ जना, तेह्रथुममा २ जना, बाँके मा १ जना, डडेलधुरामा १, दाङमा १, झापा र उदयपुरमा १/१, नुवाकोट, कैलाली र धनकुटामा २/२ जना, रामेछाप १ धादिङमा २ जनामा यो रोग देखा परेको छ।

विश्वको आधा जनसंख्या डेङ्गुको जोखिममा रहेको डा. पाण्डेले जानकारी दिए। उनले समयमै निदान नगरे डेङ्गु संक्रमितको मृत्यु हुन सक्ने बताए।

उनी भन्छन्, ‘यो रोग ‘एडिज इजिप्टी’ नामक लामखुट्टको टोकाइबाट सर्ने गर्दछ। यो सामान्यतः अलि ठुलो आकारको छिर्केमिर्के रंगको लामखुट्टे हो। यो शहरी तथा शहरउन्मुख ठाँउमा बढी पाइन्छ।’

लक्षण

निर्देशक डा. पाण्डेका अनुसार डेङ्गु रोगका लक्षणहरु यसप्रकार छन्।
१) एक्कासी ३ दिनदेखि ५ दिनसम्म ज्वरो आउनु ।
२) बेस्सरी टाउको दुख्नु ।
३) मांशपेसी तथा जोनिहरु दुख्नु
४) आखाँको गेडी दुख्ने ।
५) अरुची हुनु।
६) पेट तथा आन्द्रामा गडबड हुनु ।
७) डावरहरु आउनु ।

डा. पाण्डेले भने, ‘केही बिरामीहरुमा सुरुमा शरिरमा विविरा जस्तो आउछ। डावरहरु पनि देखिन्छन्। ज्वरो आइरहेको अवस्थामा नाक तथा गिजाबाट रक्त श्राव हुन्छ। त्यस्तै छालामुनी पनि रक्तश्राव हुने हुन्छ।’ यो रोग लाग्दा विशेष हेरचाहको लागि अस्पतालमा भर्ना हुन डा. पाण्डेले सबैलाई सल्लाह पनि दिए । उनले भने, ‘चिकित्सको सल्लाह बिना कुनैपनि औषधी सेवन गर्न हुँदैन।’

रोकथाम

डा. पाण्डे डेङ्गु रोगको रोकथामका लागि समुदायको महत्वपूर्ण भूमिका रहने बताउछन् । उनले भने, ‘यो रोगको रोकथामका लागि मावन वस्ती वरीपरी भएका पानीजम्ने ठाउँहरु पुर्ने गर्नु पर्छ। साथै त्यस्था पानीजम्ने ठाउँमा यसको विकास हुँने हुँदा वृद्धि र विकास रोक्नका लागि ती ठाउँहरुमा किटनासक औषधीहरु छर्किने काम गर्नु पर्छ । पुरा शरिर ढाक्ने कपडा लगाउनु पर्छ । दिउसो सुत्दापनि झुल लगाई सुत्नु पर्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *