थप १३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८ सय ११

डिसी नेपाल
१९ जेठ २०७७ १९:०४

काठमाडौं । नेपालमा सोमबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ । सोमबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयले२ सय २६ संक्रमित थपिएको बताएको थियो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८११ पुगेको छ । सोमबार एकै दिन अहिलेसम्मकै धेरै २ सय ३९ जनामा कोरोना संक्रमण भएको छ । संक्रमित हुने १३ जनामा पाल्पा निस्दी गाउँपालिकाका २ जना, नवलपरासीको सरावल गाउँपालिकाका १ जना, गुल्मीको रेसुंगा नगरपालिकाका १ जना, कपिलवस्तुको मायादेवी गाउँपालिकाका ७ जना र रुपन्देहीको गैडहवाका २ जना रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *