अमेरिकामा एकै दिन ७४३ जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु
सांकेतीक तस्वीर
वासिङ्टन। संयुक्तराज्य अमेरिकामा सोमबार एकै दिन कोरोनाभाइरसको संक्रमणबाट ७४३ जनाको मृत्यु भएको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा मात्र एक लाख ६ हजारको कोरोना संक्रमणबाट ज्यान गएको छ। भाइरस फैलिन थालेयता अमेरिकामा १८ लाखभन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन्।
विश्वमै कोरोना संक्रमित र मृत्यु हुनेको संख्या अमेरिकामा सबैभन्दा बढी छ।
अमेरिकामा विभिन्न राज्यले कोरोनाभाइरसको प्रसार रोक्न सावधानीपूर्वक यसअघि घरभित्रै बस्न दिइएको आदेशलाई खुकुलो बनाउन थालेका छन्।
तर अमेरिकाको राजधानी वासिङ्टन डिसी समेतका धेरैजसो प्रमुख शहरहरुमा एक अश्वेत नागरिकको मृत्युलाई लिएर भड्किएको हिंसाका कारण निषेधाज्ञा लगाइएको छ। मानिसहरु ती निषेधाज्ञालाई बेवास्ता गर्दै सडकमा खुलेआम निस्केपछि कोरोनाको संक्रमण बढ्ने खतरा बढेको स्वास्थ्य अधिकारीहरुले बताएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment