रुकुम घट्नामा हराइरहेका शाहीको शव भेटियो

डिसी नेपाल
२० जेठ २०७७ २०:१४

काठमाडौ । गत जेठ १० गतेदेखि भेरी नदीमा हराइरहेका गोविन्द शाहीको शव फेला परेको छ । रुकुमको चौरहारी नगरपालिका–८ स्थानीय भइ जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विक, गणेश बुढा, लोकेन्द्र सुनार, टीकाराम सुनार र सञ्जु विक गोविन्द शाही भेरी नदीमा बेपत्ता हुँदा पाँच जनाको शव फेला परेपनि शाही भने वेपत्ता भएका थिए ।

वेपत्ता शाहीको शव मंगलबार विहान भेरी नदीमा सशस्त्र प्रहरीको टोली र स्थानीयहरुले फेला पारेका हुन् ।

जेठ १० गते रुकुमपश्चिमको चौरजहारी नगरपालिका ८ की १७ वर्षीया किशोरीलाई भगाई ल्याउनका लागि जाजरकोट भेरी नगरपालिका ४ का मो२१ वर्षीय नवराजसहितको १९ जनाको समूह स्थानीय सोती पुगेका थिए। त्यहाँ झगडा हुँदा ६ जनाको मृत्यु भएको थियो । अन्तरजातीय प्रेम सम्बन्ध गाँसेर विवाहका लागि केटी लिन गएका बेला सो झडप भएको थियो ।

सो घट्नाको छानवीनको लागि गृहमन्त्रालय, नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान व्यूरो, राष्टिय मानवअधिकार आयोगको टोली रुकुम र जाजरकोटमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *