लकडाउनको मोडालिटिबारे प्रधानमन्त्रीले विज्ञहरुसँग छलफल गर्दै, बुधबार ४ बजे बोलाए बैठक

डिसी नेपाल
२० जेठ २०७७ २१:५१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जारी लकडाउनको विषयमा विज्ञहरुसँग छलफल गर्ने भएका छन्। स्रोतका अनुसार प्रधानमन्त्री ओलीले बुधबार दिउँसो ४ बजे बालुवाटार स्थित आफ्नै निवासमा विभिन्न क्षेत्रका विज्ञहरुलाई बोलाएका हुन्।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भएको लकडाउन लम्बिन थालेपछि लकडाउनको मोडालिटी परिवर्तन गर्न र आर्थिक गतिविधि सुरु गर्न सरकारमाथि दबाब परिरहेको छ।

प्रधानमन्त्री ओलीले खासगरी स्वास्थ्य, आर्थिक र सामाजिक क्षेत्रका २५ जना विज्ञलाई छलफलका लागि बालुवाटार डाकेको स्रोतले जनाएको छ। विज्ञहरुको छलफलपछि मात्रै लकडाउनको मोडालिटीबारे निर्णय लिइने स्रोतको दाबी छ।

सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गत चैत्र ११ गतेदेखि जारी गरेको लकडाउन जेठ ३२ गतेसम्म बढाएको छ। लकडाउन बढाए पनि नेपालमा कोरोना संक्रमितहरुको संख्या दिन प्रतिदिन बढिरहेको छ। हालसम्म नेपालमा २ हजार भन्दा बढीमा कोरोनाको संक्रमण देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *