कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रधानमन्त्रीद्वारा विज्ञहरुसँग छलफल

डिसी नेपाल
२१ जेठ २०७७ २१:३५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरससँग जुध्दै कसरी जनजीवनलाई सहज गराउन सकिन्छ भन्ने बारे छलफल गरेका छन्। बुधबार साँझ बालुवाटारमा जनस्वास्थ्य, आर्थिक, सामाजिक लगायतका विभिन्न क्षेत्रका २५ जना विज्ञहरुसँग छलफल गरेका थिए।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनको मोडालिटिको बारेमा कुरा भएको छ । विज्ञहरुबाट प्राप्त सुझाव सल्लाहलाई प्रधानमन्त्रीले आत्मसाथ गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन्।

कोभिड– १९ को संक्रमण बढ्दै जाँदा सरकारले देशमा स्वास्थ्य संकटकाल लागू गर्ने तयारीका बारेमा प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रका विज्ञसँग छलफल गरेको स्रोतले बतायो।।

स्रोतका अनुसार नेपालमा कोरोना भन्दा पनि अरु कारणले जनजीवन धेरै प्रभावित हुने हँदा लकडाउन खुकुलो बनाएर अघि बढ्न प्रधानमन्त्रीलाई विज्ञहरुले सल्लाह दिएका थिए । गत चैत ११ गतेदेखि लगाइएको लकडाउनले ७२ दिन पार गर्दासम्म कोरोना रोकथाम तथा नियन्त्रणमा उल्लेख्य प्रगति नभएको विज्ञहरुको निष्कर्ष रहेको स्रोतको जानकारी दियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *