आज बिहीबार, यस्तो छ पञ्चाङ्ग र १२ राशिको ग्रहफल

डिसी नेपाल
२२ जेठ २०७७ ६:०९

आज मिति २०७७ साल जेठ २२ गते बिहीबार । तदनुसार ४ जुन सन् २०२० । शक संवत् १९४२, नेपाल संवत् ११४०, तछलाथ्व, प्रमादी, उत्तरायण, ग्रीष्म, ज्येष्ठ शुक्लपक्ष, चतुर्दशी २७ः०३ बजेदेखि त्रयोदशी, ५ः१० बजे उप्रान्त प्रतिपदा तिथि ।

आजको ग्रहफल

मेष
अनावश्यक लाञ्छना लाग्नेछ । नयाँ काम बिग्रिन सक्नेछ ।

वृष
छोटो यात्राको सुख मिल्नेछ । वैवाहिक प्रेममा सुख मिल्नेछ ।

मिथुन
घर बाहिरको काममा दिन बित्नेछ । प्रतिस्पर्धामा जित हुनेछ ।

कर्कट
सन्तानको सुख बढ्नेछ । आम्दानीले सन्तुष्टि दिनेछ ।

सिंह
धन सम्पतिको मनमुटाव बढ्नेछ । आफ्नासँग दुश्मनी हुनेछ ।

कन्या
भाइबन्धुको सहयोग मिल्नेछ । नयाँ ठाउँको भ्रमण हुनेछ ।

तुला
पारीवारिक भेटघाट रहनेछ । धनसम्पतिको योग रहेको छ ।

वृश्चिक
मानसिक अशान्ति बढ्नेछ । हतारमा काम बिग्रिनेछ ।

धनु
अनावश्यक वादविवाद बढ्नेछ । यात्रामा ढिलासुस्ती हुनेछ ।

मकर
व्यापार व्यवसायमा लाभ हुनेछ । मित्रको सहयोग मिल्नेछ ।

कुम्भ
राजनीतिमा पहिचान बन्नेछ । काममा प्रशंसा मिल्नेछ ।

मीन
धार्मिक रुचि बढ्नेछ । सरसहयोगमा दिन बित्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *