जनता आवासअन्तर्गत कटहरीमा १५ घर शिलान्यास

डिसी नेपाल
२२ जेठ २०७७ ६:२९

विराटनगर । मोरङको कटहरीमा जनता आवास कार्यक्रमअन्र्तगत १५ घर निर्माण गरिने भएको छ।

निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्र्तगतको रु १५ लाख र जीवन विकास संस्थासँग सहकार्य गरेर घर निर्माण गर्न लागिएको हो।

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले कटहरी–२ को कदमगाछीमा निर्माण गरिने घरको बुुधबार शिलान्यास गरे ।

मन्त्री घिमिरेले चालु आर्थिक वर्षमा शुरु भएको यस कार्य आगामी आर्थिक वर्षभित्र सकिने बताए ।

कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामत र उपाध्यक्ष मञ्जिता सरदारले घरवारविहिनलाई आवासबाट बसोवासमा सहज हुने भन्दै सन्तोष व्यक्त गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *