लकडाउन मोडालिटिको कार्ययोजना बनाउन उच्चस्तरीय समितिलाई मन्त्रिपरिषदको निर्देशन

डिसी नेपाल
२२ जेठ २०७७ २०:३४

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषदको बैठकले लकडाउनको मोडालिटिको बारेमा छलफल गरेको छ । बिहीबार साँझ बसेको मन्त्रीपरिषद बैठकमा लकडाउनको मोडालिटिबारे छलफल भएर बैठक सकिएको हो ।

मन्त्रिपरिषद बैठकले केरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई २/४ दिन भित्र लकडाउन मोडालिटिको बारेमा कार्ययोजना बनाएर ल्याउन निर्देशन दिएको छ। स्रोतले भन्यो फेरी बस्ने मन्त्रिपरिषद्को बैठकले मोडालिटिको बारेमा निर्णय गर्ने छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले गत चैत ११ गदेदेखि लकडाउन गरेको हो । लामो समयसम्म लकडाउन रहिरहँदा अवज्ञा र विरोध हुन थालेको छ। पटक–पटक थपिएको लकडाउन पछिल्लो पटक जेठ ३२ गतेसम्मका लागि कायम भएको छ।

यसअघि, प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारमात्र लकडाउनको मोडालिटिबारे विभिन्न क्षेत्रका विज्ञहरुसँग छलफल गरेका थिए । विज्ञहरुको सुझावलाई आधार मानेर लकडाउनको मोडालिटि हेरफेर हुने उनले विश्वास दिलाएका थिए ।

उच्चस्तरीय समन्वय समितिले स्वास्थ्य विज्ञहरुसँग जनजीवन सहज बनाउनेगरी लकडाउन खोल्ने सम्वन्धमा छलफल गरेको थियो। विज्ञहरुले आवश्यक मापदण्ड तथा सतर्कता अपनाउँदै जोखिम कम भएका क्षेत्रमा लकडाउन खोल्न सकिने सुझाव दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *