प्रदेश नं १ मा थप ३० ले जिते कोरोना

डिसी नेपाल
२२ जेठ २०७७ २०:४२

विराटनगर । प्रदेश नं १ मा कोरोना बाट निको हुनेको संख्या ७८ पुगेको छ। बिहिबार थप ३० जनाले कोरोनालाई जितेर घर फर्किएसँगै प्रदेश १ मा निको हुनको संख्या ७८ पुगेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कले जनाएको छ ।

बिहिबार कोशी अस्पताल कोरोना उपचार केन्द्रबाट २७ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ जना गरी ३० जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् ।

यसैबीच प्रदेश १ मा बिहिबार थप १६ जनालाई कोभिड—१९ पुष्टि भएको छ । यो सँगै प्रदेश १ मा जम्मा कोभिड—१९ पुष्टि भएको संख्या २०१ पुगेको छ । यतिबेला १२३ जना कोभिड १९ पुष्टि भएकाहरु उपचाररत छन् ।

प्रदेश १ मा १० हजार ५७ जनाको पिसिआर परीक्षण भइसकेको छ भने आरडीटिबाट १२ हजार ९ सय ५० जनाकोे परीक्षण भएकोे कोरोना सूचना डेस्कले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *