जनस्वास्थ्यविद् भन्छन्–फोहोरबाट कोरोना सर्दैन

डिसी नेपाल
२३ जेठ २०७७ १२:४९

नुवाकोट। काठमाडौंबाट नुवाकोट भित्रिने फोहोर व्यवस्थापनमा संवेदनशीलता अपनाउन जनस्वास्थ्यविदले सुझाव दिएका छन्। नुवाकोटमा पहिलो पटक देखिएको कोरोना संक्रमण काठमाडौंबाट जिल्लामा भित्रिने फोहोरकै कारण हुनेसक्ने भन्दै जिल्लाबासी त्रसित रहेका बेला जनस्वास्थ्यविदले भने त्रसित नहुन आग्रह गरेका छन्।

जनस्वास्थ्यविद डा. रवीन्द्र समिर भन्छन्, ‘कोरोना भाइरस विशेष गरी मान्छेबाट मान्छेमा सर्ने रोग हो। केही खाद्यान्न, फोहोरबाट सर्छ भनिएपनि कतिपयले यी चीजबाट सर्दैन पनि भनेका छन्। फोहोरको बिषयलाई लिएर त्यति धेरै त्रसित हुन पर्दैन। तर, सावधानी भने अपनाउनुपर्छ।’

उनले आवश्यक नपरेसम्म फोहोर राखेको ठाउँको बाटो नहिँड्न आग्रह गरे। कोरोना भाइरस सिधै हावाबाट नसर्ने भन्दै जनस्वास्थ्यविद डा. समीर थप्छन्, ‘कोहोरा भाइसर सिधै हावाबाट सर्ने रोग होइन। फोहोरमा करिब तीन देखि ६ घण्टासम्म यो भाइरस जीवित रहने भएकाले यहाँबाट लगेर पुर्याउने समयसम्म त मृत्यु पनि गएको हुन्छ। त्यस कारण पनि स्थानीय बासिन्दा डराउनुपर्ने देखिँदैन।’

अस्पताल बाट निस्किएको फोहोर झिक्ने कर्मचारी ध्यान पुर्याउनु पर्ने डाक्टर समिरको भनाइ छ । स्थानीय बासिन्दाभन्दा फोहोर झिक्ने व्यक्ति र फोहोर लोड अनलोड गर्ने कर्मचारी जोगिनु पर्ने उनले बताए ।

उनले भने, ‘फोहोर कुन तरिकाबाट बिरामीमार्फत निकालिन्छ भन्ने कुरालाई ध्यान दिनुपर्दछ। कोरोना संक्रमितले प्रयोग गरेका सामाग्री झिक्दा कर्मचारीले एकदम ध्यान दिनुपर्ने हुन्छ र आवस्यक सुरक्षाको सामाग्रीको प्रयोग कर्मचारीले गर्न आवस्यक छ । फोहोरलाई कुन अवस्थामा राखिएको छ भन्ने कुरा सँग लोड अनलोड गर्ने कर्मचारीले ध्यान दिनुपर्दछ। कोरोना संक्रमितबाट निस्किएको फोहोर यसरी बाहिर पठाउनु भन्दापनि अस्पतालले नै जिम्मेवार लिनुपर्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *