भरतपुर अस्पतालको कोरोना कक्षमा उपचाररत एक युवकको मृत्यु

डिसी नेपाल
२४ जेठ २०७७ १२:०२

काठमाडौँ । चितवनको भरतपुर अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ ।

अस्पतालको कोभिड कक्षमा रहेको आईसीयूमा उपचाररत युवकको शनिबार बिहान साढे १० बजेतिर मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । उनी ज्वरो र खोकीको समस्या बढ्दै गएपछि शुक्रबार दिउँसो २ बजेतिर अस्पताल आएका थिए ।

चितवनको माडी नगरपालिका घर भएका २७ वर्षीय युवक करिब दुई साता अघि भारतबाट घर फर्किएका थिए ।

मृतक युवकमा कोरोनाको लक्षण केही मिल्दोजुल्दो देखिएपनि उनको स्वाब परीक्षण गरिएको र रिर्पोट आउन भने बाँकी रहेको अस्पताल स्रोतले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *