डोटीको क्वारेन्टिनमा बसेका १९ वर्षीय युवकको मृत्यु

डिसी नेपाल
२५ जेठ २०७७ ८:४०

काठमाडौँ । डोटी केआई सिंह गाउँपालिकाको एक क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु भएको छ।

लकडाउनकाबीच भारतबाट आएर जेठ २० गतेदेखि गाउँपालिकाले निर्माण गरेको क्वारिन्टाइनमा बसेका १९ वर्षीय युवकको शनिबार मृत्यु भएको गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले पुष्टि गरेका छन् ।

अध्यक्ष शाहीले भने “हाम्रो ३ नम्बर क्वारेन्टिनमा रहेका एक युवकको मृत्यु भएको छ। उहाँ १९ गते भारतबाट आएर २० गतेदेखि क्वारेन्टिनमा बस्दै आउनुभएको थियो । अहिले धनगढीबाट स्वाव संकलनका लागि टोली आउँदै छ । त्यसको रिर्पोटपछि बल्ल उहाँमा कोरोना पोजेटिभ छ कि छैन थाहा हुनेछ ।”

केआई सिंह गाउँपालिका–३ को सीताराम आधारभूत विद्यालय क्वारेन्टिनमा उनीसँगै १० जना बस्दै आएका थिए ।

सो गाउँपालिकामा अहिलेसम्म कोरोना पुष्टि भएको छैन । तीन जनाको आडिपी रिर्पोट पोजेटिभ देखिएको भएपनि उनीहरुको स्वाब परीक्षणको रिर्पोट आउन बाँकी छ ।

अध्यक्ष शाहका अनुसार केआई सिंह गाउँपालिकाले अहिले १५ सय भन्दा बढी मानिसलाई क्वारेन्टिनमा राखेको छ ।

शनिबार भारतबाट फर्किएकै दिन बैतडीमा पनि एक व्यक्तिको मृत्यु भएको छ ।

जिल्लाको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसेका सोही वडाको सन्तोली घर भएका ३१ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका स्वास्थ्य सहायक प्रेमसागर भट्टले बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *