भरतपुर अस्पतालको आईसीयूमा उपचाररत कोरोना संक्रमितको मृत्यु

डिसी नेपाल
२७ जेठ २०७७ ९:०३

काठमाडौँ । चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका–११ का ६८ वर्षीय वृद्धको मंगलबार बिहान ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए ।

पौडेलले भने, “सोमबार साँझ अस्पतालमा गम्भीर अवस्थामा भर्ना हुनुभएको थियो । बिहान मृत्यु भयो । केही बेरपछि अस्पतालले विज्ञप्ति निकालेर मृत्युबारे विस्तृत विवरण सार्बजनिक गर्दै छ ।”

मुटु र निमोनियाको समस्या रहेका वृद्धलाई सोमबार साँझ नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सारिएको थियो । नारायणी सामुदायिक अस्पतालको आईसीयूमा अन्य ४ जना कोरोना संक्रमित उपचाररत छन् ।

यो सँगै नेपालमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *