सारा संयन्त्र ओलीबिरुद्ध परिचालन गरेर किन मौन छन् प्रचण्ड ?

डिसी नेपाल
२८ जेठ २०७७ १०:५६

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) एक महिनाअघि उत्कर्षमा पुगेको आन्तरिक विवाद यतिबेला हो कि होइन वा थियो कि थिएन भने जसरी नै सामसाम भएको छ। यतिबेला सबैको मनमा के यो स्थायी रुपमा सामसुम भएकै हो त? प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीकै एजेण्डामा पार्टी हिडेको हो त? भन्ने प्रश्नहरुको उत्तर आम नेपालीहरुले खोज्न थालेका छन्।

समुद्रमा ज्वारभाटा आएसरी चर्को विवाद उठ्ने र खहरे खोलाझैं पानी रहेपछि सामसुम हुनेजस्तो देखिएको नेकपाभित्रको दोहोरो जिम्मेवारी बाँडफाँडको विषयजस्तै गरी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला गुपचुप देखिएका छन्। कहाँ गए होलान् त प्रचण्ड?

ओली नेतृत्वको सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्यो। त्यसमाथि बृहत् छलफल भयो संसदभित्र र बाहिर। त्यसैगरी ओली सरकारले आर्थिक वर्ष २०७७–७८ को बजेट संसदमा प्रस्तुत गर्यो। सांसद विकास कोष लगायतका विषयमा संसद भित्र र वाहिर व्यापक विरोध भयो र यो संसदमा छलफलकै क्रममा छ।

यसैबीचमा नेपालको राजनीतिक कोर्ष नै परिवर्तन गर्ने गरी भारतसँगको सीमा विवाद चर्कियो। यी नेपालको राजनीतिका यतिबेलाका ठूला घटनाक्रमहरु हुन्। यी घटनाक्रमहरुमा पुष्पकमल दाहाल प्रचण्ड कहाँ छन् त?

कसैले यसबारे सोधीखोजी गर्यो भने प्रचण्डलाई कहीँ भेट्दैनन्। नीति कार्यक्रम र बजेटबारे पनि सकेसम्म उनले कुनै टिप्पणी गर्न चाहेनन्। एकलाइन बोलेर सामान्य समर्थन जनाएको अभिव्यक्तिवाहेक उनी कतै देखिएनन्।

उनकै गुटको प्रतिनिधित्व गर्ने शिक्षा मन्त्रीले बजेटमा आएको सरकारी स्कूलको व्यबस्थापन निजी स्कूललाई दिनेसम्बन्धी प्रावधानमा ठूलो असन्तुष्टि सार्वजानिक गरे। प्रचण्ड निकटका अनलाइन समाचार पोर्टलहरु र केही अखवारहरुले ओली सरकारको नीति कार्यक्रमहरु र बजेटको खोइरो खनेर समाचार प्रकाशित गरे।

महाकाली सन्धि नगरी नहुने भन्दै अहोरात्र खटिनेहरु यतिबेला त्यो राष्ट्रघाती सन्धि ओलीले गरे गराएको भन्ने आरोपसहित धारे हात लाउनेमा अग्रपंक्तिमा देखिए। तर, यी सबै घटनाक्रम हुँदा पनि प्रचण्ड स्वयं भने कुनै परिदृष्यमा प्रत्यक्ष देखा परेका छैनन् अर्थात् उनी मौन छन्। नेपालका कुनै पनि इस्यूहरुमा प्रचण्ड मौन बसेको इतिहास छैन भन्छन् उनलाई नजिकबाट चिन्नेहरु।

सकेसम्म ओलीलाई के के विषयमा विवादमा ल्याउन सकिन्छ ती विषयहरु खोजी खोजी तथ्यहरु तोडमोड गरेर समाचारका रुपमा पस्किए। ओलीलाई भ्रष्टचारी बनाउन प्रचण्डनिकटस्थहरुको अहोरात्रको मेहनत देखिन्छ यसबीचमा। त्यतिमात्र होइन ओलीले राष्ट्रियताका पक्षमा लिएको अडानमाथि प्रश्न उठाउने र ओलीलाई नक्कली राष्ट्रवादी प्रमाणित गर्ने भरमग्दुर प्रयासहरु यसबीचमा भएका छन्।

प्रचण्ड निकटस्थहरु ओलीकै वेवास्ताका कारण भारतले सीमा मिचेको र सत्ताका लागि ओली मौन बसेको भन्दै ओलीलाई महाकाली सन्धिको मतियार भएको र उनले भारतलाई देश सुम्पन त्यो बेला प्रयास गरेको आरोपसहितको चर्को प्रचारवाजीको सुरुवात पनि गरे। यो अभियानमा पूर्वराजावादीहरु, नेपाली कांग्रेसका हिन्दूवादी नेताहरु र कुनै न कुनैरुपमा अर्थात् सांस्कृतिक राजा भए पनि सम्मान दिनुपर्छ भन्नेहरु तथा वाबुराम भट्टराईलगायतका मधेवादी दलहरुसमेत एकमत देखिए।

महाकाली सन्धि नगरी नहुने भन्दै अहोरात्र खटिनेहरु यतिबेला त्यो राष्ट्रघाती सन्धि ओलीले गरे गराएको भन्ने आरोपसहित धारे हात लाउनेमा अग्रपंक्तिमा देखिए। तर, यी सबै घटनाक्रम हुँदा पनि प्रचण्ड स्वयं भने कुनै परिदृष्यमा प्रत्यक्ष देखा परेका छैनन् अर्थात् उनी मौन छन्। नेपालका कुनै पनि इस्यूहरुमा प्रचण्ड मौन बसेको इतिहास छैन भन्छन् उनलाई नजिकबाट चिन्नेहरु।

तर, जब ओली सरकारले नेपालको नक्सामा लिम्पियाधुरा, लिपुलेकसहितको कालापानी भूभाग समेट्ने र संशोधित नक्सा प्रकाशन गर्ने तथा संविधान नै संशोधन गरेर सो नक्सालाई संविधानमा समेट्ने गरी संसदमा प्रस्ताव गर्ने काम गर्ने काम गर्यो भारतीयहरु एकाएक उत्तेजित भए ।

भारतीयहरुको उत्तेजना विगतमा आफूले सहयोग गरेर राजनीतिमा स्थापित गरेका तत्कालीन माओवादीविरुद्ध पनि उग्ररुपमा प्रकट हुन थाल्यो तबदेखि तत्कालीन विद्रोही माओवादीका कमाण्डरसमेत रहेका प्रचण्ड सार्वजानिकरुपमा प्रकट हुन वा सीमाजस्ता संवेदनशील विषयमा बोल्न छाडेका छन्।

भारतका पूर्वसैनिक उच्चअधिकारीहरुमात्र होइन राजनीतिक व्यक्तित्वहरुले समेत आफ्नो एसेट(सम्पत्ति)का रुपमा परिभाषित गरेका व्यत्तिहरुमार्फत नेपालमा ओली सरकारलाई हटाउनु पर्ने कुराहरु सार्वजानिक गरिसकेका र आफूले नै जेएनयूमा पालेका प्रचण्डलगायतले भारतको भावनामा ठेस पुर्याउने काम गरेकोमा आक्रोश पोखिसकेको पृष्ठभूमि पनि प्रचण्डले मौनता साध्नुको पछाडिको कारण हुन सक्छ।

यसको अर्को पाटो पनि कम रोचक छैन। ओली नेतृत्वलाई निकै मजबुतीका साथ सहयोग गरिरहेको नेपाली सेनालाई कुनै न कुनै रुपमा विवादमा ल्याउन प्रचण्ड निकटस्थ संचारसंयन्त्रहरुको प्रयास देखिन्छ।

अर्थात् नेपाली सेनाले जुनसुकै जटिलतामा पनि ओली सरकारलाई सघाएको देखिएको अवस्थामा ओलीलाई कमजोर बनाउन सेनामाथिको प्रहार रणनीतिकरुपमा आएको बुझ्नेहरु नेपाली राजनीतिमा कम छैनन्।

सारा संयन्त्रहरु ओलीविरुद्ध केन्द्रीत भए पनि पार्टीभित्रका विवादमा उग्रतापूर्वक ओलीका विपक्षमा प्रकट भएका प्रचण्ड यतिबेला कुनै पनि प्रसंगमा बोलिरहेका छैनन्। के यो आंधी आउनुअघिको सन्नटा हो ? पूर्वराजावादी, बाबुरामको नेतृत्वमा पुनर्गठित हुंदै गरेको मधेशवादी र पूर्वमाओवादीको प्रचण्ड नेतृत्वको शक्तिका साथमा नेपाली कांग्रेसको हिन्दूवादी समूहको गठबन्धनको अलपत्र भइसकेको प्रयास फेरि व्युँतना सक्ला ?

स्थिर शासन पाएको देशले प्रचण्डको नेतृत्वमा फेरि गडबढी मच्चाउने प्रयास होला? प्रचण्डको आकस्मिक र रहस्यमय मौनताका अनेक अर्थ लगाइएका छन्। वास्तविकता थाहा पाउन केही समय कुर्नुको विकल्प नेपालीसँग छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *