संविधान संशोधनको खुशियालीमा दीवापली, भूमि पनि फिर्ता हुनेमा युवा विश्वस्त

डिसी नेपाल
३२ जेठ २०७७ ८:०८

नुवाकाेट। प्रतिनिधिसभाले नेपालको वास्तविक नक्सा निशान छापमा सामवेश गर्न प्रस्तुत नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई मतले पारित गरेपछि शनिबार दीप प्रज्वलन गरेर खुशीयाली मनाइएको छ।

लिम्पुयाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ नक्सा निशान छापमा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि देशैभर खुशियाली मनाइएको हो।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले भारतले हडेपेको नेपाली भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गरेको भन्दै युवापुस्ताले सरकारलाई धन्यवाद दिएका छन्।

झण्डै दुई तिहाई बहुमतको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेपनि वर्षौंदेखि भारतले हडेपेको आफ्नो भूमिसमेटेर नक्सा जारी गर्नुलाई सकारात्मक रुपमा लिनुपर्ने युवाहरुले बताएका छन्।

सरकारले भारतले अतिक्रमित गरेको भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि काठमाडौंमा दीप प्रज्वलनमा सहभागी युवा सन्तोष कुँवर भन्छन्, ‘यो दीवावली सरकारलाई धन्यवाद र खबरदारी दुवै हो। अहिले नक्सामा नेपाली भूमि समेटिएको छ। अब सरकारले कुटनीतिक रुपमा वार्ता गरी नेपाली भूमि फिर्ता लिने दिशामा सरकार अगाडि बढ्नुपर्छ।’

सरकारले भारतले हडेपेको भूमि समावेश गरेर नक्सा जारी गरेजस्तै अब वास्तविक रुपमा नेपाली भूमि फिर्ता लिन सरकार सफल हुने युवाहरुमा विस्वास देखिन्छ।

नुवाकोटको विदुरमा दीप प्रज्वलनमा सहभागी भएका युवा श्रीकृष्ण खतिवडा भन्छन्, ‘पहिला नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको राजनीति तथा प्रशासन नक्सा संसदबाट सर्वसम्मतिले पारित गरेकोमा सरकार तथा दलहरुलाई धन्यवाद दिनुपर्छ। अब सरकारले चाँडै नक्सामा समावेश गरेको नेपाली भूभाग पनि कुटनीतिक वार्तामार्फत फर्काउन सफल हुनेछ।’

कोरोना संक्रमणका बेला धेरै भिड गर्नु गलत भएपनि देश ऐतिहासिक दिनमा खुशियाली साट्न पाउँदा खुशी लागेको बताउँछन् नुवाकोटका युवा प्रज्वल प्रताव सावकोटा। ‘लकडाउनको समयमा भिड गर्नु राम्रो होइन। तर यो ऐतिहासिक अवसरमा खुशीयाली नमनाउने कुरा पनि त भएन नी!’

नुवाकोटमा फरक फरकको पक्षबाट दीपावली गरेर खुशियाली मनाइएको छ। थुप्रै युवाको साथ दिप प्रज्वल गरेका बट्टारका सुरज श्रेष्ठ भन्छन्, ‘अब चाँडैनै नक्सामा देखाइएको जमिन भरतसँग कुटनैतिक पहल अगाडि बढाएर फिर्ता ल्याउने काममा सरकारलाई सफलता मिल्ने उनको विश्वास थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *