वर्षाले भीमफेदी–कुलेखानी सडक पहिरोले अवरुद्ध
हेटाैँडा । गएराति अविरल आएको वर्षाले भीमफेदी गाउँपालिका–६ देउरालीमा करिब १५ मिटर पहिरो आई बाटो अवरुद्ध हुँदा भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फको यातायात सेवा अवरुद्ध भएको भीमफेदी इलाका प्रहरी कार्यालयले जनाएको छ।
अहिले पनि वर्षा भइरहेकाले मौसममा सुधार भएपछि उक्त पहिरो हटाई यातायात सञ्चालन गर्नेतर्फ डोजरसहितको प्राविधिक खटाइसकिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपराज नेपालले जानकारी दिए।
वर्षाले इन्द्रसरोवर गाउँपालिका वडा नं २ र ४ मा पनि सिस्नेरी सडकखण्डको ठूलोभञ्ज्याङमा गएको पहिरो डोजरले हटाउने प्रयास भइरहेको सिस्नेरी प्रहरी चौकीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment