नेपाल र चीनलाई मोदीको धम्कीः सम्प्रभुता र अखण्डताका लागि क्षमता देखाउन तयार छौं

डिसी नेपाल
३ असार २०७७ १७:२९

नयाँ दिल्ली (एजेन्सी)। सीमा क्षेत्रमा भारतीय सेना र चिनियाँ सेनाबीच भएको झडपमा २० जना भारतीय सैनिक मारिएको तस्रो दिन बुधबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो विषयमा पहिलो पटक बोल्दै शहीदको रगत खेर जान नदिने बताएका छन्।

बुधबार लकडाउनका विषयमा मुख्यमन्त्रीहरुलाई सम्बोधन गर्नेक्रममा मोदीले भारत चीन सीमा लद्दाखको गलवान उपत्याकामा भएको भीडन्तमा मारिएका सैनिकप्रति श्रद्धाञ्जलि दिँदै भारत आफ्नो स्वतन्त्रता र सम्प्रभुताको रक्षा गर्न सक्षम रहेको बताएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। सम्बोधनका क्रममा मोदीले भारत शान्ति चाहने तर उक्साएमा जवाफ दिन सक्षम रहेको बताएको जनाइएको छ।

उनले नेपालको नाम नलिएरै नेपाललाई पनि चेतावनी दिएका छन्। उनले भनेका छन्, हामीले सँधै मिलेर छिमेकीसँग काम गरेका छौं। विकास र कल्याणको कामना गरेका छौं। हामीले सँधै प्रयास गरेका छौं, कसैसँग विवाद नहोस।, हामीले कहिल्यै पनि कसैलाई उक्साउने काम गरेका छैनौं। तर, हाम्रो देशको अखण्डता र सम्प्रभुतामा कुनै सम्झौता हुँदैन। आवश्यक परे हामीले हाम्रो क्षमता देखाएक छौं।

स्मरण रहोस नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्शा पारित गरेपछि भारत र नेपालबीच तनाव बढेको छ।

उता चीन र भारतबीच पनि सीमा क्षेत्रमा तनाव बढेको छ। गएको सोमबार राती लद्दाखमा भएको भिडन्तमा भारतीय सेनाका एक अधिकृतसहित २० जनाको मृत्यु भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *