गोरखा र तनहुँ जोड्ने तुरतुरे पुल अवरुद्ध

डिसी नेपाल
४ असार २०७७ १६:३५

गोरखा । गोरखाको पालुङटार नगरपालिका–५ र तनहुँको भानु नगरपालिका–३ जोड्ने मस्याङ्दी नदीको पुललाई गएराति बाढीले क्षति पु¥याएपछि आवत जावत अवरुद्ध भएको छ । तनुहुँबाट तुरतुरे हँुदै गोरखा प्रवेश गर्ने मुख्यनाकाका रूपमा रहेको सो बेलीब्रिज पुलको दायाँबायाँ बाढीले कटान गरेपछि आज बिहानदेखि नै पुलमा सवारी आवागमन रोकिएको पालुङटार नगरपालिकाकी उपप्रमुख पम्फा बसेलले जानकारी दिइन् ।

बाढीले पुलको तनहुँतर्फको भागमा बढी क्षति पु¥याएको उनले बताइन् । “पुलमा सवारी साधन गुड्न सक्ने अवस्था छैन, उनले भनिन्, “तनहुँबाट पालुङटार छिर्ने मुख्यनाकामा नै अवरुद्ध हुँदा मानिसलाई अत्यावश्यक कामका लागि समेत ओहोरदोहोर गर्न अप्ठ्यारो भएको छ ।” बाढीले पुलको एकतर्फको भागको बाटो नै बगेको स्थानीयवासी अशोक मरहठ्ठाले बताए।

उनले पुल मर्मत नगर्दासम्म अब सवारी साधन आवातजावत गर्न नसक्ने अवस्था रहेको बताए । “पानीको बहाव बढ्दा पुलको मुख्य बेस नै करिब चार फिट कटान भएको छ, उनले भने, “बाढीले कटान गरेपछि अहिले त मान्छे हिँड्नसमेत जोखिम भएको छ ।” उक्त बेलीब्रिज पुल करिब १५ वर्षअघि निर्माण भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *