काठमाडौंमा थपिए ३ जना कोरोना संक्रमित

डिसी नेपाल
५ असार २०७७ १७:०१

काठमाडौं । काठमाडौंमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा गरीएको परीक्षणबाट काठमाडौंमा ३ जना कोरोनाका संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौंमा भेटिएका संक्रमित २ जना महिला र १ जना पुरूष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय २६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो। योसहित नेपालमा कुल संक्रमित संख्या ८ हजार २ सय ७४ पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *