अलपत्र नेपालीलाई निःशुल्क उद्धार गर्न सरकारसँग एनआएरएनका अभियन्ता आचार्यको माग

डिसी नेपाल
८ असार २०७७ ८:३७

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्व केन्द्रीय उपाध्यक्ष कुल आचार्यले विदेशमा अलपत्र परेका नेपालीलाई निःशुल्क उद्धार गर्न सरकारसँग आग्रह गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएर आचार्यले खाडीमा काम गर्दागर्दै रोजगारी गुमाएका नेपालीले चार्टर्ड उडानको महंगो टिकट किन्न नसक्ने भन्दै निःशुल्क उद्धारको व्यवस्था मिलाउन आग्रह गरेका हुन्।

छिमेकी मुलुक भारत, पाकिस्तान, बंगलादेशका सरकारहरुले आफ्ना नागरिकहरुलाई सहुलियत दरमा स्वदेश फिर्ता गरिरहेका बेला नेपालले भने महंगो टिकट किन्न वाध्य पारेको भन्दै आचार्यले आपत्ति जनाएका छन्।

कोरोना संक्रमणका कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई ढिलै भएपनि सरकारले स्वदेश फर्काउन सुरु गर्नु स्वागतयोग्य भए पनि अलिकति विवेक पुर्याउने कुरामा सरकार चुकेको उनले टिप्पणी गरे।

उनले भने, ‘कोरोना संक्रमणका कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई ढिलै भए पनि नेपाल सरकारले स्वदेश फर्काउन शुरू गरेको छ, जुन स्वागत योग्य छ। यो निर्णयले विदेशमा अलपत्र परेका नेपालीले अवश्य लाभ लिनेछन्, तर स्वदेश फर्काउंदै गर्दा अलिकति विवेक पुर्याउन पर्ने कुरामा सरकार चुकेको अनुभूति गरेको छु।’

उनले खाडी मुलुकमा काम गर्दागर्दै रोजगारी गुमाएका नेपालीलाई चार्टर्ड उडानको महँगो टिकट किन्न भन्नु कत्तिको उपयुक्त होला रु आचार्यले सरकारसँग प्रश्न गरेका छन्।

उनले भने, ‘रोजगारी गुमाएका नेपाली बेखर्ची हुनुहुन्छ। उहाँहरु टिकट किन्ने त कुरै छाडौं, आफ्नो खर्चमा पीसीआर परिक्षण गर्न वा नेपाल आएर होटेल क्वारेन्टाइनको खर्च ब्यहोर्न पनि सक्नु हुन्न। आफ्नो रगत, पसिना बगाएर देशको अर्थतन्त्र धानी रहेका नेपालीलाई गाह्रो, साह्रो पर्दा देशले र सरकारले हेर्नु पर्ने हैन र ?’

आचार्यले रोजगारी गुमाएर पीडा व्यहोरिरहेका नागरिकलाई तत्काल, निःशुल्क विशेष हवाइ उडान मार्फत स्वदेश फर्काउनका लागि निर्देशन दिन प्रधानमन्त्रीसँग आग्रह पनि गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *