एनआरएनएद्वारा दुई लाखको साहित्य पुरस्कार स्थापना

डिसी नेपाल
८ असार २०७७ ९:४२

टेक्सस । गैरआवासीय नेपाली सङ्घले अन्तर्राष्ट्रिय साहित्य पुरस्कार स्थापना गरेको छ । पुरस्कारको राशि रु दुई लाख रहेको छ । सङ्घको नेपाली भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले पुरस्कारका लागि आवश्यक प्रक्रिया अघि बढाउने भएको छ।

समितिले पुरस्कारका लागि आवश्यक कार्यविधि निर्माण गर्ने समितिका सञ्चार संयोजक गौतम दाहालले जानकारी दिए ।

प्रत्येक दुई वर्षमा गैरआवासीय नेपालीले प्रकाशन गरेको कृतिमध्ये उत्कृष्ट कृतिमा छनोट हुने कृतिका रचनाकारलाई स्वर्ण पदकसहित पुरस्कार प्रदान गरिने दाहालले बताए ।

साथै समितिले भानुभक्त आचार्यको जन्मजयन्ती पर्ने असार २९ लाई अन्तर्राष्ट्रिय नेपाली भाषा दिवसको रूपमा मनाउन विश्वभर रहने नेपालीमा आग्रहसमेत गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *