क्वारेन्टिनमा जन्मियो शिशु

डिसी नेपाल
९ असार २०७७ १५:५१

झिमरुक । प्युठानको एक क्वारेन्टिनमा बसेकी गर्भवतीले शिशु जन्माएकी छन्। मल्लरानी गाउँपालिका –४ स्थित जनजागृति माध्यामिक विद्यालय कसेरी क्वारेन्टिनमा बसेकी १८ वर्षीया सीता खड्काले छोरा जन्माएकी हुन् ।

क्वारेन्टिनमा सुत्केरी व्यथा लागेपछि उनलाई प्राथमिक स्वास्थ्य केन्द्र खलङ्गामा ल्याइएको थियो । स्वास्थ्य केन्द्रमै आज बिहान करीब ८ बजे उनि सुत्केरी भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पारस शाहीले बताए । आमा र शिशु दुवैको स्वास्थ्यावस्था सामान्य रहेको जनाइएको छ । खड्काको आरडिटी रिपोर्ट नेगेटिभ आएको छ । पिसीआर लिने नलिने विषयमा छलफल भइरहेको स्वास्थ्य शाखा प्रमुख शाहीले बताए । खड्का आफ्ना श्रीमान्सँग यही असार १ गते भारतबाट आई क्वारेन्टिनमा बसेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *