आज पनि चल्न सकेन कर्णाली प्रदेशसभा बैठक

डिसी नेपाल
११ असार २०७७ २१:३६

सुर्खेत । कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको २२औंँ बैठक आज पनि चल्न सकेन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सभा अवरुद्ध गरेपछि बैठक चल्न नसकेको हो ।

सभामुख राजबहादुर शाहीले बैठकमा कर्णाली प्रदेश विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रदेशसभा सचिवालय तथा आन्तरिक मामिला तथा कानून र सामाजिक विकास मन्त्रालयका शीर्षकमाथिको छलफल प्रारम्भ गरेलगत्तै काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीसहित प्रदेशसभा सदस्य उठेर बैठक अवरुद्ध गरेका थिए।

दलका नेता शाहीले नागरिकले स्पष्ट बुझ्ने गरी आव २०७७/०७८ का वार्षिक विकास कार्यक्रमको किताब सरकारले नल्याए एवं विनियोजन विधेयकको मर्म र भावनानुरुप अगाडि नबढेसम्म बैठक चल्न नदिइने चेतावनी दिए । सभामुख शाहीले बैठकमा हुने छलफलमा सरकारको धारणा सुनेर प्रश्न गर्न आग्रह गरेका थिए। प्रतिपक्षी दलका प्रदेशसभा सदस्यले अडान कायम राखेपछि सभामुख शाहीले यही असार १२ गते अपराह्न ३ः०० बजेसम्मका लागि बैठक स्थगन गरिएको सूचना गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *