सलह बेचेर २ बालबालिकाले १७० रुपैयाँ कमाए

डिसी नेपाल
१५ असार २०७७ ९:५६

काठमाडौं। बुटवलका २ बालबालिकाले सलह बेचेर १७० रुपैयाँ कमाएका छन् । प्रदेश ५ सरकारले सलह ल्याउनेलाई प्रतिकिलो २० रुपैयाँ दिने घोषणा गरेअनुसार यी बालबालिकाले संकलन गरेको सलह किरा खरिद गरेर उनीहरुलाई प्रोत्साहन रकम दिइएको हो । प्रेस संगठन रुपन्देहीका संयोजक अमृत गिरीका अनुसार उनीहरुले संकलन गरेको सलह किरा ८ किलो ३०० ग्राम थियो ।

अच्युत न्यौपाने र सविना थारुले सलहर लिएर बुटवल उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालय पुगेका थिए । वडा कार्यालयले उनीहरुले संकलन गरेको सलह खरिद गरिदिनु भनेर उपमहानगरपालिकालाई सिफारिस गरेपछि सोही सिफारिअनुसार उपमहानगरपालिकाले सलह किनेको हो । सलह कुखुराले खाने भएकोले कुखुरापालक किसानलाई दिइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *