असारको १५ हुँदा पनि खुसी छैनन् किसान

डिसी नेपाल
१५ असार २०७७ ११:३५

काठमाडौं । मानो रोपेर मुरी फलाउने असार १५ मा आउँदा पनि किसानहरु खुसी छैनन्। हरेक वर्ष उल्हास पूर्ण मनाइने धान दिवस यो वर्ष किसानहरु बेखुरी भएर मनाउँदै छन्।

एकातिर कोरोना कहरले आक्रान्त बनेको जनजीवन छ भने अर्को तिर सहल किराको प्रवेशले नेपाली किसान त्रसित बनेका हुन्। सिन्धुपाल्चोक की २९ वर्षीया सपना न्यौपाने सहल किराका कारण असार १५ मा खुसी हुन नसकेको बताउँछिन्।

उनले भनिन्, ‘कसरी खुसी हुनु र? कोरोनाका कारण छोरा छोरीको रोजीरोटी लुट्यो। खेती गरेर विहान बेलुकाको छाक टार्ने अपेक्षा थियो। सलह किराले त्यो पनि सखाप पार्ने भयो। रातभर निन्द्रा लाग्दैन।’

पहिलेका असार १५ मा रामाइलो गरेको उनले स्मरण गरिन्। उनले भनिन्, ‘पहिलेका असार १५ त खुब रमाइलोसँग मनाइन्थ्यो नि। अब अहिले त सम्झिने बस्ने।’

काभ्रे पनौतीका कृष्ण कँडेल पनि यो वर्षको धान दिवसका दिन त्यति खुसी देखिँदैनन्। उनले भने, ‘बिदेश जाने भनेको पनि मिलेन उसै त कोरोना त्यो माथि पनि सलह किरा आयो के मनाउनु धान दिवस बर्षभरी नै भोकै रहने भयो जस्तो लाग्छ। सम्बन्धित निकायले सलह किराको रोकथाममा जोड दिए हुने।’

नुवाकोट तार्केश्वरकी राधिका खनाल भन्छिन्, ‘१३ बर्षसम्म बाझिएको खेतमा यसपटक रोपाइ गरेको त्यही पनि सलह किरा आयो रे त्रास बढेको छ, दुख लागेको छ।’

नुवाकोट बेलकोटगढी नगरपालिकाका महेन्द्र न्यौपाने भन्छ्न, ‘ किसानले कसरी असार १५ खुशी भएर मनाउने, अघिल्ला बर्ष रमझमका साथ मनाइने धानदिवस अहिले गाउँघरमा चहलपहल नै देखिँदैन। सलहको प्रवेस भयो भन्नेबित्तिकै किसानको मन पनि चिसो भएको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *