अफ्रिकामा रहेका नेपालीसँग एनआरएनए स्वास्थ्य समितिको अन्तरक्रिया

डिसी नेपाल
१५ असार २०७७ १४:५६

काठमाण्डौं। गैरआवासीय नेपाली संघ अन्तरगतको स्वास्थ्य समितिले अफ्रिकी मुलुकमा रहेका नेपाली समुदायसंग स्वास्थ्य सम्वन्धी अन्तरक्रिया गरेको छ ।

समितिका संयोजक डा संजिव सापकोटाको सकृयतामा आयोजित कार्यक्रमा अफ्रिकामा रहेका नेपालीहरुले आआफ्नो क्षेत्रमा कोरोना भाइरसले पारेको प्रभावको बारेमा बोलेका थिए ।

कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले कोरानो भाइरसका कारणले विदेशमा रहेका नेपालीहरुको उद्धारको लागि संघ सकृय रहेको वताए । पन्तले अफ्रिकी मुलुकमा रहेका नेपाली समुदायमा भएको कोराना प्रभावको बारेमा जानकारी लिएका थिए ।

दुई दर्जन भन्दा बढी सहभागी भिडियो लाइभ कार्यक्रमको संचालन एलिजा केसी भण्डारीले गरेकी थिइन् । गैरआवासीय नेपाली संघका ५ जना स्वास्थ्य सम्वन्धी विज्ञ सहभागी कार्यक्रममा सहभागीहरुले स्वास्थ्य सम्वन्धी जानकारी लिएका थिए ।

अन्तरक्रियामा डा पुष्पराज भट्टराई, डा विजय ज्ञवाली, डा.अर्चना श्रेष्ठ, डा.उत्तम गाउलीलगायतले आआफ्नो भनाइ राखेका थिए ।

कार्यक्रमा हिक्मत थापा, सुरज डुम्म्रे, रोशन श्रेष्ठ, कृष्ण देवकोटा, राजमणी भण्डारी, कृष्ण भट्ट, पासाङ्ग शेर्पा, गोकर्ण अधिकारीलगायतले बोलेका थिए ।

कार्यक्रमा नाइजेरिया, केन्या, तान्जानिया, घाना, युगान्डा, साउथअफ्रिका, अइवरीकोष्ट र मोरक्को, मोजाम्कि लगायतका देशमा नेपाली सहभागी थिए ।

कार्यक्रममा कोरानो संक्रमणलाई फैलिन नदिने वैज्ञानिक उपाए, मानसिक स्वास्थ्य लगायतको बारेमा नेपाली समुदायलाई जानकारी लिएका थिए ।

अन्तक्रिया पछि गैरआवासीय नेपाली संघ अन्तर्रगत अफ्रिकी मुलुकमा रहेका नेपालीहरुको स्वास्थ्य सम्वन्धी जानकारी लिन अफ्रिकी नेपाली स्वास्थ्य समिति गठन गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *