विपद् व्यवस्थापन सामग्री हस्तान्तरण

डिसी नेपाल
१६ असार २०७७ १६:५३

परासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)स्थित सुरक्षा निकायलाई जिल्लामा हुन सक्ने सम्भावित विपद्का घटनाको जोखिम न्यूनीकरण तथा उद्धारका लागि आवश्यक सामग्री प्रदान गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिलाई विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)बाट प्राप्त सामग्री नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई हस्तान्तरण गरिएको हो।

समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अजय केसी र सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वार्टर पश्चिम नवलपरासीका प्रहरी उपरीक्षक भरत खनियाँलाई मोटरबोट एकएक थान, लाइफ ज्याकेट चारचार थान, सर्च लाइट एकएक थान र थ्रो ब्याग दुईदुई थान हस्तान्तरण गरे।

प्रजिअ पाठकले विपद् जुनसुकै समयमा आउनसक्ने भएकाले यस्ता सामग्री तयारी अवस्थामा राख्न निर्देशन दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *