मुगुमा पिसिआर मेसिन खरिद गर्ने निर्णय

डिसी नेपाल
१७ असार २०७७ १४:५९

मुगु। मुगुमा चालु आर्थिक वर्षका लागि विनियोजित खर्च हुन नसकेको रकमबाट जिल्लामा पिसिआर मेसिन खरिद गरिने भएको छ। संघीय सांसद स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाका चार वटै स्थानीय तहमा चालु आर्थिक वर्षमा विनियोजन तर खर्च हुन सकेको रकमबाट जिल्लामा कोरोना परीक्षण गर्न पिसिआर मेसिन खरिद गर्ने निर्णय भएको हो।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम संचालन कार्यविधि २०७६ को तेस्रो संशोधन नियमावलीमा भएको संशोधन बमोजिम जिल्लामा रहेका पालिकाहरुले साझेदारी कार्यक्रम अन्तरगत विनियोजित भएको रकम मध्य खर्च हुन नसकिनी बचत भएको रकम चालु आवको असार १५ सम्म सम्वन्धित पालिको कोडिभ १९ को व्यवस्थापनका लागि खोलिएको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्न र सो रकम कोभिड १९ रोकथाम, नियन्त्रण, निदान र उपचारमा मात्र खर्च गर्नु भन्ने २०७७ असार ३ गतेको मन्त्रिपरिषदबाट कार्यविधि संशोधित भै पत्रचार भएकाले सोही रकमबाट जिल्ला पिसिआर मेसिन खरिद गर्ने निर्णय भएको हो।

कार्यक्रमका निर्देशक समितीका संयोजक एवं मुगु जिल्लाबाट संघीय संसदका सांसद गोपालबहादुर बमको संयोकत्व र समन्वय प्रमुख पुर्णबहादुर रोकाया, प्रजिअ कृष्ण कुमार निरौला, प्रनाउ भुवनेश्वर साह, उद्योग बाणिज्य संघ मुगुका अध्यक्ष कमल बुढा, रेडक्रस सभापति जयबहादुर मल्ल, जिल्ला अस्पताल प्रमुख डाक्टर निर्मल नगरकोटी, नेपाली काँगे्रस मुगु जिल्ला सभापति खड्कबहादुर शाही, नेकपा प्रतिनिधि मंगलबहादुर शाहीसहितको आइतबार बसेको बैठकले स्थानीय तहहरुमा बचेको रकमबाट कोरोना परीक्षण मेसिन, एम्वुलेन्स, भिटिएम किड, व्यवस्थापन खर्च व्यवस्थापन गर्ने निर्णय भएको जिल्ला समन्वय अधिकारी भिम सेजुवालले बताए।

शनिबार बसेको काँगे्रस र नेकपाको संयुक्त बैठकमा काँगे्रस जिल्ला सभापति खड्कबहादुर शाहीले जिल्ला मै पिसिआर मेसिन खरिद गर्न सुझाव दिएपछि नेकपाका नेताहरुले यो निर्णयमा सहमति जनाउदै स्रोत खोज्न लाग्ने र स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमबाट बचेको रकमबाट खरिद गर्न संयोजन समितीका संयोजक गोपालबहादुर बमलाई आग्रह गर्ने निर्णय गरेको थियो।

सोहि निर्णय अनुसार बमलाई आग्रह गर्दा सहमत भै पिसिआर तथा अन्य सामगी्रहरु खरिद गर्ने निर्णय भएको नेपाली काँगे्रस मुगुका सभापति खड्कबहादुर शाहीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *