सलह भगाउँदा गोठ जल्यो

डिसी नेपाल
१८ असार २०७७ ७:१४

प्युठान । प्युठानमा सलह भगाउन खोज्दा गोठमा आगलागी भएको छ।

प्युठानको झिमरुक गाउँपालिका ३, आफ्रेखोलामा सलह भगाउनका लागी आगो बाल्ने क्रममा कल्पना जिसीको एक गोठ जलेर पूर्णरुपमा नष्ट भएको हो।

जिसी बारीमा सलह लखेट्दै गर्दा उनका १० वर्षीय छोराले बालेको आगो गोठमा सल्किँदा आगलागी भएको हो। गोठमा रहेको घाँस, दाउरा, परालमा आगो सल्किएर गोठमा पुग्दा गोठ पूर्णरुपमा नष्ट भएको जिसीले बताएकी छन्।

जिसी भन्छिन्, ‘सलहबाट मकै बाली बँचाउन लाग्दा हजारौँको क्षति भयो । बरु मकै सलहले खाएको भए कम क्षति हुन्थ्यो, गोठ बँच्दथ्यो। नजिकैमा रहेको घरमा समेत आगो सल्किन लाग्दा स्थानीयहरुले सहयोग गरेर घर बँचाउनु भयो।’

पछिल्ला केही दिनदेखि नेपालका तराई तथा तल्लो पहाडी क्षेत्रका जिल्लामा सलह किरा भित्रिँदा लाखौँको अन्नवालीमा क्षति पुर्याएको छ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *