पहिराले बगायो घर

डिसी नेपाल
१९ असार २०७७ १६:२०

गएरातिको परेको अविरल वर्षाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–४ स्थित कात्तिकेमा पहिरो जाँदा एक घर बगाएको छ । साथै झोलुङ्गे पुललाई समेत उच्च जोखिममा पारेको छ ।

स्थानीय प्रेम श्रेष्ठको घर बगाउँदा करिब छ लाख मूल्य बराबरको क्षति भएको र घरधनि बिहीबार बेलुका नै घर छाडेकाले मानवीय क्षति नभएको वडाध्यक्ष प्रेम तामाङले जानकारी दिए ।

त्यहाँस्थित लप्से खोलामा रहेको झोलुङ्गे पुलसमेत उच्च जोखिममा रहेकाले वडा नं २ को गोल्चे गाउँमा करिब एक हजार २०० घर परिवारका बासिन्दालाई आवतजावत गर्न समस्या भएको छ । उक्त वडा जुगल हिमशृङ्खलाको फेदीमा पर्दछ ।

ट्रक दुर्घटना

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ९ जुरे नजिक कल्लेमा स्थानमा आज बिहान ट्रक दुर्घटना हुँदा चालक र सहचालक सामान्य घाइते भएका छन् । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा उपचार भइरहेको इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए।

बाह्रबिसेबाट लामोसाँघुतर्फ आइरहेको ना३ख ४५५५ नंको ट्रक सडकबाट करिब ४० मिटर तल सुनकोशी नदीको बगरमा पल्टिएको छ । प्रहरीले तीव्रगतिका कारण दुर्घटना भएको हुनसक्ने जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *