क्वारेन्टिनबासीबाट गाउँपालिकालाई आर्थिक सहयोग

डिसी नेपाल
१९ असार २०७७ २०:२३

स्याङ्जा । फेदीखोला गाउँपालिकाले निर्माण गरेको क्वारेन्टिनमा बस्दै आएकाहरुले निको भई बिदा भएर आआफ्नो घर जाने बेलामा आर्थिक सहयोग गरेका छन् । क्वारेन्टिनमा बस्ने १८ जना गाउँपालिकाले क्वारेन्टिनमा राम्रो ब्यवस्थापन गरेकामा प्रसन्न भई रु ३२ हजार २० सहयोग गरेर आज बिदा भएका छन् ।

उनीहरुले जनही रु एक हजारदेखि पाँच हजारसम्म सहयोग गरेको जनाइएको छ । भारतबाट आएर सिद्धार्थ बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बस्दै आएका युवाले गाउँपालिकाले आफूहरुलाई क्वारेन्टिनमा बस्दा उपलब्ध गराएको सेवासुविधाले प्रभावित भएर कोरोना संक्रमणको रोकथाम र नियन्त्रमा सहयोग पुगोस् भनी क्वारेन्टिनमा बस्नेहरुबाट स्वछिक रुपमा आर्थिक सहयोग गरेको बताएका छन् ।

गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले क्वारेन्टिनमा बस्नेहरु गाउँपालिकाले दिएको सेवासुविधामा सन्तुष्ट भएर घर गएकामा आफूलाई खुशी लागेको बताए ।
यसैबीच गाउँपालिकाले निर्माण गरेको क्वारेन्टिनमा बस्दै आएका आठ जनाको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि आज उनीहरु घर फर्किएका छन् । अब क्वारेन्टिनमा २१ जना बाँकी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *