पाकिस्तानका विदेश मन्त्री कोरोना संक्रमित

डिसी नेपाल
२० असार २०७७ ७:२६

काठमाडौँ । दक्षिण एशियाली देश पाकिस्तानका विदेशमन्त्री कोरोना भाइरस (कोभिड १९) संक्रमित भएका छन् ।

पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरु ले जनाएका छन् ।

मन्त्री कुरैशीलले आफ्नो सामाजिक सञ्जालमा ट्वीट गरेर आफूमा कोरोना संक्रमण देखिएको जानकारी दिएका थिए । उनले कोरोना पोजेटिभ देखिएसँगै आफुँ घरमै क्वारेन्टिनमा बसेको पनि बताएका छन् ।

पाकिस्तानमा हालसम्म २ लाख २३ हजार भन्दा बढी मानिस कोरोना संक्रमित भएका छन् भने ४ हजार ५५१ जनाको ज्यान गएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *