उधारो उठाउन पाउँ भन्दै भारतीय व्यापारीको नेपाली राजदूत आचार्यलाई पत्र

डिसी नेपाल
२० असार २०७७ १५:५२

काठमाडौं। बनबासाका व्यापारीहरुको संगठनले भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यलाई पत्र लेख्दै सीमा खुलाइदिन आग्रह गरेका छन् । बनबासा नेपालको सुदूरपश्चिम मञ्चनपुर जिल्ला पारी नेपालको सीमासँग जोडिएको चम्पावत जिल्लाको शहर हो । उनीहरुले राजदूत आचार्यलाई पत्र लेख्दै दुई देशबीचको सीमा खुलाइदिन आग्रह गरेका हुन् ।

टाइम्स अफ इण्डियाका अनुसार ती व्यापारीहरुले नेपाली व्यापारीहरुलाई उधारोमा सामान दिएको र लाखौं उधारो रकम उठाउन बाँकी रहेको भन्दै सीमा खुलाइदिएमा आफूहरुले उधारो उठाउन सक्ने भएकोले सीमा खुलाइदिन आग्रह गरेका हुन् । बनबासाका एक व्यापारी संजय जोशीले संगठनसँग आबद्ध ५९६ बिक्रेता रहेको र तीमध्ये १ सयभन्दा धेरैले नेपाली व्यापारीसँग थोक कारोबार गर्ने तथा २ सय भन्दा बढीले नेपाली व्यापारीसँग खुदा कारोबार गर्ने बताएका छन् ।

उद्योग व्यापार मण्डल चम्पावतका उपाध्यक्ष संजय अग्रवालले राजदूत आचार्यलाई पत्र लेखेका हुन् । अग्रवालले विगत तीन महिनादेखि भारतीय बिक्रेताहरुले नेपाली व्यापारीसँग उधारो उठाउन नपाएको बताएका छन् । यहाँका अधिकांश व्यापारीहरुले महेन्द्रनगरका व्यापारीहरुसँग कारोबार गर्ने र यहाँका ठूलो संख्याका व्यापारीहरुको नेपालीसँग व्यापारिक सम्बन्ध रहेको उनले बताएका छन् । बरेली, दिल्ली लगायतका शहरमा रहेका आफूलाई सामान आपूर्ति गर्ने व्यापारीहरुले आफूहरुसँग पैसा माग्न थालेको भन्दै उनहिरुले आफूहरुले उधारो उठाउन पाउनुपर्ने माग गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *