व्यायामशालालाई सामग्री हस्तान्तरण

डिसी नेपाल
२० असार २०७७ १६:१६

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ८ दीपनगर चोकमा पहिलो खुला व्यायामशाला निर्माण हुने भएको छ ।

दीपनगरमा निर्माण हुने व्यायमशालाका लागि आवश्यक सामग्री तथा उपकरण आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले नगरपालिकालाई उपलब्ध गराएको छ । विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले आज तिलोत्तमा नगरप्रमुख वासुदेव घिमिरेलाई व्यायामशालाका लागि आवश्यक सामग्री हस्तान्तरण गरे । व्यायामको लागि चाहिने एक सेट उपकरणको मूल्य रु १० लाख रहेको छ ।

विभागबाट प्राप्त सामग्रीलाई तोकिएबमोजिम व्यवस्थित तरिकाले जडान गरेर दीपनगरमा व्यायमशाला सञ्चालनमा ल्याइने नगरप्रमुख घिमिरेले बताए । नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा अन्य स्थानमा समेत खुला व्यायामशाला बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

कार्यक्रममा विभागका महानिर्देशक उपाध्यायले स्वस्थ जीवनका लागि शारीरिक व्यायामको भूमिका महत्वपूर्ण हुने भएकाले नगरपालिकालाई सामग्री सहयोग गरिएको बताए। जनभावना माध्यामिक विद्यालय नजिकैको खुला स्थानमा बनाइने व्यायामशालामा एकपटकमा १० जनाले व्यायाम गर्न सक्नेछन् । नगर उपप्रमुख जागेश्वरी चौधरीले खानपान र जीवनशैलीमा आएको परिवर्तनले व्यक्तिमा विभिन्न प्रकारका नसर्ने रोग बढेको बताउँदै स्वस्थ जीवनशैलीका लागि व्यायामशालाको महत्व अझै बढेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *