एनआरएनएद्वारा होल्डिङ सेन्टरहरुमा पिउने पानी वितरण

डिसी नेपाल
२१ असार २०७७ १६:५३

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काठमाडौँमा रहेका होल्डिङ सेन्टरहरुमा पिउने पानी वितरण गरेको छ । संघले ३ वटा होल्डिङ सेन्टरहरुमा ५ दिनका लागि पुग्ने  पिउने पानी उपलब्ध गराएको जनाएको छ ।

संघका उपाध्यक्ष सोनाम लामाको पहलमा होल्डिङ सेन्टरहरुमा  शुद्ध खाने पानी वितरण गरिएकाे हो । नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाका कोषाध्यक्ष लक्ष्मीरत्न तुलाधरको उपस्थितिमानेपाली सेनाका प्रतिनिधिलाई उपाध्यक्ष लामाले पानी हस्तान्तरण गरेका थिए।

उक्त होल्डिङ सेन्टरहरुलाई सेनाले व्यवस्थापन गरेको छ । नेपाल रेडक्रस सोसाईटी काठमाडौँ जिल्ला शाखाले भने विभिन्न संघ संस्थासंग सहकार्य गर्दै पानीको आपूर्तिको लागि संयोजन गर्दै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *