ट्रमा सेन्टरले विभेद गरेको भन्दै परीक्षार्थी आन्दोलित
काठमाडौं। राष्ट्रिय ट्रमा सेन्टरले विभेद गरेको भन्दै परीक्षार्थीहरु आन्दोलित भएका छन्। राष्ट्रिय ट्रमा सेन्टरले माग गरेको २५ जना स्टाफ नर्सहरुका लागि १ हजार बढीले आवेदन दिएका थिए ।
कोरोनाका कारण परीक्षा हुन सकेको थिएन। फारम भरेका पिडितहरुले भने, ‘१ हजार जनाको फारम भरिएको छ। तर, १७७ जनालाई सर्टलिस्टमा राखेर अन्तरवार्ताका लागि बोलाइएको छ। यो अन्याय हो।’
पहुँचवाला र आफ्नालाई मात्र सर्ट लिस्टमा राखेको उनीहरुको गुनासो छ। उनीहरुले विभिन्न काराण देखाउँदै सेन्टरले आफ्नालाई मात्र परीक्षाबिना नै सर्टलिस्टमा छानेको भन्दै आन्दोलन थालेका छन्। शनिबारदेखि उनीहरुले आन्दोलन सुरु गरेका छन्।
सेन्टरले गत फागुन २० गते २५ जना स्टाफ नर्स आवश्यक रहेको भन्दै सूचना प्रकासित गरेको थियो।
सेन्टरले असार १९ गते अर्को सूचना जारी गर्दै प्राप्ताङ्क, कार्यअनुभव र शैक्षिक योग्यताको आधारमा सर्टलिस्ट तयार पारेको बताएको छ। यस्तै, उक्त सूचनामा अन्र्तवार्ताका लागि भन्दै १ सय ७७ जनाको नाम प्रकाशन गरेपछि अन्य परीक्षार्थीहरु आन्दोलित भएका हुन्।
यसअघि सेन्टरले जेठ ८ गते सूचना प्रकाशित गरी सम्पूर्ण परीक्षार्थीलाई एसएमएस गरेको थियो। सूचनामा पठाइएको एसएमएस अनुसार आफ्नो नाम, ठेगाना र नर्सिङ्ग काउन्सिल नं. सहित सम्पर्क गर्नुहुने स्टाफ नर्सका उम्मेदवारहरुलाई कर्मचारी छनौट समितिले जानकारी गराउने व्यहोरा उल्लेख गरिएको छ।
तर, अन्तिम अवस्थामा आएर आफुहरुमा अन्याय भएको परीक्षार्थीले बताएका छन्। उनीहरुले फारम भरेका सबैलाई परीक्षामा सामेल गराउनु पर्ने माग समेत राख्दै आएका छन्।

No ads found for this position



डिसी नेपाल
Facebook Comment