एनआरएन अमेरिकामा फेरि विवाद, विवादित व्यक्तिलाई निर्वाचन आयुक्त बनाउन षड्यन्त्र गरेको आरोप

डिसी नेपाल
२१ असार २०७७ २३:५६

वासिंगटन डिसी । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको साधारण सभामा षड्यन्त्रपूर्ण ढंगले नियममा संशोधन प्रस्ताव गर्ने विवादित व्यक्तिलाई नै निर्वाचन आयुक्त बनाउन लागेको भन्दै अन्तर्राष्ट्रिय समितिमा लिखित उजुर परेको छ ।

एनआरएनए अमेरिकाको गत निर्वाचनमा अध्यक्षका प्रत्यासी रहेका सूर्य लम्सालले अमेरिकाबासी एनआरएनहरुको तर्फबाट भन्दै जुलाई ४ मा अन्तर्राष्ट्रिय समितिका महासचिव डा.हेमराज शर्मालाई सो पत्र पठाएका हुन् । पत्रमा तत्काल उचित कदम चाली संस्थाप्रतिको विश्वास कायम गराउन भन्दै विश्वनाथ बराललाई फेरि एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन आयुक्त बनाउन लागेकोले त्यस्तो कदम रोक्न माग गरिएको छ ।

पत्रमा बराललाई यसअघिका एनआरएनए अमेरिकाको निर्वाचनका बेला एउटा पक्षमा लागेको र अनैतिक आचारण देखाएको आरोप लगाइएको छ । पत्रमा बरालले अदातलमा मुद्दा पनि व्यहोरिरहेकाले उनलाई निर्वाचन आयुक्त बनाउनु नहुने जिकिर गरिएको छ ।

एनआरएनए अमेरिकाका अध्यक्ष सुनील शाह र उनको समूहले कोभिड १९ को महामारी चर्केका बेला जुम प्रविधिमार्फत जारी साधारण सभामा संस्थाको विनियम संशोधन गरी बराललाई फेरि निर्वाचन आयुक्त बनाउने प्रस्ताव गरेका छन् । जुलाई ५ तारिक आइतवार साधारणसभाको बन्द सत्र चलिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *