मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गर्न गृहको निर्देशन

डिसी नेपाल
२२ असार २०७७ १७:२१

काठमाडौं। गृहमन्त्रालयले मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ। विशेष गरी मास्क नलगाइ बाहिर निस्कने र अटेर गर्नेहरुलाई पक्राउ गर्न निर्देशन आएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआईजीपी निरज बहादुर शाहीले जानकारी दिए।

डिसी नेपालसँग कुरा गर्दै उनले भने, ‘कोरोनाको संन्त्रास कायम नै भएको र मानिसहरु मास्क बिना नै सडकमा निस्किने गरेकाले यस्तो निर्देशन आएको हो।’

‘हामीलाई मस्क लगाउनमा कडाई गर्न, स्वास्थ्य मापदण्ड पालना गराउनमा कडाई गर्न र सामाजिक दुरी कायम गर्नमा कडाई गर्न निर्देशन आएको हो। विशेष री मास्क नलगाई बाहिर निस्कने र अटेर गर्नेहरुलाई पक्राउ गर्न निर्देशन आएको छ।

मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरिने र संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने गृहमन्त्रालय स्रोतले जनाएको छ।

स्रोतका अनुसार, सकारले लकडाउन अझै नखुलाई सकेको र कोरोनाका महामारी पनि कायम रहेका कारण अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्किन समेत अनुरोध गरेको । यस्तै घरबाहिर निस्कनै परेमा मास्क लगाएर मात्र निस्कन गृहले अनुरोध गरेको छ। यस्तै, एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने सरकारको अनुरोध छ।

सरकारले लकडाउनको मोडालिटि परिवर्तन गरेसँगै काठमाडौं उपत्यकामा व्यापार व्यवसाय खुलेका छन् भने, कोरोनाका संक्रमित पनि थपिदै गएका छन्।

व्यापार व्यवसाय खुलेपछि काठमाडौंका सडकहरुमा मानिसको चाप बढ्दो छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *