एनआरएनए अमेरिकाको नवौं साधारणसभा तथा राष्ट्रिय ज्ञान सम्मेलन सम्पन्न

डिसी नेपाल
२३ असार २०७७ ६:३६

बाल्टिमोर, अमेरिका । एनआरएनए एनसीसी, अमेरिकाको नवौं साधारण सभा तथा राष्ट्रिय ज्ञान सम्मेलन सम्पन्न भएको छ। जुलाई ३ तारिखदेखि शुरु भएको साधारणसभा तथा नलेज कन्भेन्सन आज जुलाई ५ तारिख बिधान संशोधनको कार्यक्रमसंगै सकिएको हो। जुलाई ३ तारिखका दिन साहित्यिक स्वागत सहित अतिथिहरुका शुभकामना मन्तब्य राखेर कार्यक्रमको उदघाटन भएको थियो।

नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालबाट कन्भेन्सनको ब्यानर पढेर उदघाटन गरेका थिए । कन्भेन्सनको दोस्रो दिन अमेरिका र विश्वभरका नेपाली प्रोफेशनलहरूको ज्ञान बाड्ने गरि ‘राष्ट्रिय ज्ञान सम्मेलन’ गरिएको थियो।

सम्मेलनमा ८ वटा सिम्फोजियम र ४ वटा टाउन हल व्यवस्था गरेर बिभिन्न बिषयमा गहन छलफल गराईएको थियो। उक्त सम्मेलनको संयोजन डाक्टर तारा सिग्देलले गरेका थिए ।

त्यस्तै तेस्रो दिन, जुलाई ५ तारिखमा बिहान ११ बजेदेखि साँझसम्म निरन्तर रुपमा महासचिवको संगठनिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन र बिधान संशोधन समितिको प्रस्तावमाथि घनिभूत रुपमा छलफल भएको र सर्बसमितिले सबै प्रतिवेदन पारित गरेको महासचिव पशुपति पाण्डेले बताए ।

साधारण सभामा केन्द्रीय सचिव गौरी जोशी, सल्लाहकार हरिबोल भण्डारी र एनसीसीका प्रमुख संरक्षक तथा निबर्तमान अध्यक्ष केशव पौडेलले कार्यक्रम अबधिभर सक्रिय सहभागी भएका थिए। साधारणसभा भब्य र सभ्य रुपमा सम्पन्न भएको एनसीसी, अमेरिकाका अध्यक्ष सुनील साहले डिसी नेपाललाई बताए ।

साहले सम्मेलन भब्य र सभ्य बनाउन सहयोग गर्ने सबै साधारण सदस्य, आजीवन सदस्य, बिभिन्न तह र तप्काका पदाधिकारीहरु र स्वयं सेवकहरुलाई धन्यवाद दिएका छन् । यसैगरी साधारणसभा तथा कन्भेन्सनका कन्भेनर अर्जुन बन्जाडेले पनि यो कार्यक्रम भब्य र सभ्य बनाउन सहयोग गर्ने सबैप्रति हार्दिक धन्यवाद दिएका छन् ।

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *