बिरामीमा कोरोना संक्रमण देखिएपछि गंगालाल अस्पतालको आकस्मिक बाहेक सबै सेवा बन्द

डिसी नेपाल
२३ असार २०७७ १०:२६

काठमाडौं। राजधानीको बाँसबारीस्थित शहीद गंगालाल हृदय रोग केन्द्रले आफ्नो आकस्मिक बाहेक अन्य सबै सेवाहरु अनिश्चितकालका लागि बन्द गरेको छ । भर्ना भएका केही बिरामीहरूमा कोरोनाभाइरस संक्रमण देखिएपछि अस्पताल आंशिक रुपमा सील गरिएको हो ।

अस्पताल प्रशासनले सूचना निकालेर अर्को सूचना जारी नभएसम्मका लागि असार २३ गते मंगलबारदेखि लागू हुने गरी आकस्मिक बाहेकका अन्य सबै सेवा बन्द गरिएको जानकारी गराएको छ । केही दिनअघि गरिएको पीसीआर परीक्षणमा गंगालाल अस्पतालमा उपचाररतमध्ये सातजनाको कोभिड–१९ नतिजा पोजिटिभ आएको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *