कोरोना जितेर घर फर्किएका पाल्पाका युवाले घर पुगेको २० मिनेटमै आत्महत्या गरे

डिसी नेपाल
२३ असार २०७७ १३:२१

काठमाडौं। कोरोना जितेर घर फर्किएका पाल्पाका एक युवाले आत्महत्या गरेका छन् । रम्भा गाउँपालिका–४ हुमिनका २० वर्षीय एक युवाले कोरोना जितेर घर फर्किएकै दिन सोमबार बेलुकी आत्महत्या गरेको वडा सचिव मिलन काफ्लेले जानकारी दिए ।

काफ्लेका अनुसार उनले घर पुगेको २० मिनेटमै आत्महत्या गरेका हुन् । यी युवा भारतबाट फर्किएका थिए । फर्किएलगत्तै परीक्षणमा उनी कोरोना संक्रमित पाइएपछि उनलाई लुम्बिनी मेडिकल कलेजस्थित आइसोलेसन सेन्टरमा राखेर उपचार गरिएको थियो । उपचारपछि उनी पूर्ण रुपमा निको भएपछि सोमबार उनलाई डिस्चार्ज गरिएको थियो ।

सोमबार डिस्चार्ज भएर उनी घर गएका थिए । घर पुगेको २० मिनेटमै उनले झुण्डिएर आत्महत्या गरे । उनले पारिवारिक तनावका कारण आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । उनको घरमा कोही पनि थिएनन् । उनकी आमा र दाजु केही वर्षअघि बेपत्ता भएका थिए ।

उनका पिताले कान्छी बिहे गरी तराइतिर बदै आएका छन् । घरमा उनी एक्लै थिए । घरमा खाने कुरा पनि केही नभएको, परिवार पनि नभएको र पुनः भारततर्फ काम गर्न फर्किने स्थिति पनि नभएको अवस्थामा उनले तनावमा आएर आत्महत्या गरेको हुन सक्ने आत्महत्या गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *