कोरिया जान पाउनुपर्ने माग राख्दै नेपाली युवा सडकमा

डिसी नेपाल
२४ असार २०७७ १२:५५

काठमाडौं । दक्षिण कोरिया जान ईपीएसको सम्पूर्ण प्रकृया सकेर उडानको प्रतिक्षामा रहेका नेपाली युवाहरु प्रदर्शनमा उत्रिएका छन् । बुधबार कोरिया जान वातावरण सिर्जना गर्न माग राख्दै युवाहरु काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरुले सरकारलाई की देशमै रोजगार दिन की कोरिया जान दिन माग गरेका छन् । उनीहरुले ‘सरकार तिम्रो समन्वयको कमिले राजगार गुमाउँदै छौं हामीले ।’, ‘अब त हामीलाई जसरी पनि कोरिया छिर्नु छ । बन्दकी राखेको खेत र साहुको ऋण तिर्नु छ ।’, ‘तिमीले कुर्सी त बचाउला, हामीले जागीर कसरी बचाउने ।’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकका छन् ।

कोरियन भाषा परीक्षा पास गरी छनोटमा परिसकेका चार हजारभन्दा धेरै नेपाली श्रमिकहरू कोरिया जान पाएका छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *