लकडाउन पश्चात मध्यम वर्गीय जनजीवन कष्टकर

डिसी नेपाल
२४ असार २०७७ १५:३९

काठमाडौं । कलंकी बस्ने गिता थापा लकडाउन सुरु भएपछि २ सय रुपैयाँको तरकारीले ४ जनाको परिवारलाई हप्तादिनसम्म पु¥याउँ थिइन्। कोरोनाका कारण लकडाउन भयो। धेरै मान्छेहरु घर गए।

त्यो बेला काठमाडौंमा तरकारीको मूल्य सस्तो थियो। तर, लकडाउन खुकुलो बनेसँगै तरकारीको मूल्य आकाशीयको छ। मानिसको आन्दानिको स्रोत घटेको छ। कोरोनका कारण कतिपयको जागिर गयो।

व्यापार गरेर खानेहरुलाई पनि अफ्ठेरो परेको छ। मानिसको आम्दानिको स्रोत घट्ने र खाद्यान्नको मूल्य बढ्दै गएपछि गीता जस्ता मध्यम वर्गलाई परिवार कसरी पाल्ने भन्ने चिन्ता थपिएको छ। गीता प्रतिनिधिपात्र मात्र हुन्।

अहिले विशेष गरी तरकारीको मूल्यबढ्न थालेपछि दैनिक ज्यालामजदुरी गरेर जिविका चलाउने वर्ग बढी मारमा परेका छन्। दैनिक ज्यालादारी गर्ने मात्र हैनन् फुटपातमा व्यापार गरेर परिवार पाल्नेहरुको लागि पनि लकडाउन अभिषाप नै बनेको छ। उनीहरु पनि परिवार पाल्ने चिन्तामा छन्। कतिपय राजधानी छोडेर गाउँ फर्के र फर्किने क्रममा छन्।

कलंकीको फुटफाटमा जुत्ता बेच्ने व्यवसाय गर्दै आएकी थापा दिनभरी व्यापार गर्न बसेपनी एकछाक तरकारी किन्ने रकम कमाउन पनि कठिन हुने गुनासो गर्छिन्। काठमाडौमा चहलपहल बढेता पनि सामान किन्नेको घुइचो भने त्यति देखिँदैन। जसबाट व्यापार व्यवसाय गरेर जिविका निर्वाह गर्दै आएका सर्वसाधारण ठूलो मारमा परेका छ्न्।

तरकारीको मूल्य बढेको देख्दा नुन सँगमात्रै खाना खान बाध्य हुनुपर्ने अवस्था आएको थापा बताउँछिन, ‘म एउटा फुटफाट व्यापार गर्ने व्यापारी हुँ।  सम्झँदा पनि रुन आउँछ। बिहानबाट व्यापार गर्न बस्यो तर बेलुकालाई एकछाक तरकारी समेत किन्ने रकम हुदैन।’

किराना पसलमा तरकारी व्यापार गर्ने व्यापारी लकडाउन खुकुलो भएसँगै तरकारीको मूल्य करिव तीन गुणा बढेको कुरालाई स्विकार गर्छन्। ‘तरकारीको मूल्य कालिमाटीमा नै बढेको छ। लकडाउन खुकुलो भएसँगै करिव तीन गुणा भन्दा पनि बढी तरकारीको मूल्य बढेको छ।’

तरकारीको मूल्य बढेसँगै तरकारी किन्ने सर्वसाधारणको पनि संख्या कम भएको उनको बुझाइ छ। ‘लकडाउनकै समयमा पनि तरकारी किन्ने सर्वसाधारण प्रसस्तै आउथे। तर, अहिले कम हुन थालेका छ्न। मलाई लाग्छ कोरोनाको त्रासले भन्दा पनि महंङ्गो भएकाले तरकारी कम व्यापार हुन थालेको हो।’

कालिमाटी तरकारी बजारमा तरकारी व्यापार गर्ने व्यापारी दिनप्रतिदिन तरकारी व्यापार कम हुने गरेको बताउछ्न। तरकारी बाहिरबाट नै महंङ्गो आउने गरेको उनिहरु बताउँछ्न्। ‘महङ्गो तरकारी खरिद गरि व्यापार गर्न बसेका व्यापारी तरकारी व्यापार कम भएसँगै व्यापारिले घाटा बेहोर्नु परेको बताउँछ्न्।

तरकारी हामिले महङ्गो गरेका होइनौ बजारमा नै महङ्गो भएर आएको छ तरकारी व्यापार कम हुन्छ काठमाडौमा गाउ गएका सर्वसाधारण बढ्न थालेको छ त्यो अनुसार व्यापार बढी हुनुपर्ने हो तर व्यापार कम हुँदै गएको छ। हामिले खरिद गरेको तरकारी विकाउन सकिदैन घाटामा छौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *