पाकिस्तानी सेनाको गोली लागेर कश्मीरमा भारतीय सेनाका नेपाली गुरुङ मारिए

डिसी नेपाल
२६ असार २०७७ २०:०६

काठमाडौं। भारतीय सेनामा रहेका एकजना नेपालीको पाकिस्तानी सेनाको गोली लागेर मृत्यु भएको छ। शुक्रबार कश्मीरको नौसेरा रजौरी क्षेत्रमा पाकिस्तानी सेनाको गोली लागेर गम्भीर घाइते भएका भारतीय सेनाका हवल्दार सम्बुर गुरुङको उपचारका क्रममा मृत्यु भएको भारतीय सेनाले जनाएको छ।

भारतीय सेनाका प्रधानसेनापति जर्नेल एमएम नरभानेले हवल्दार गुरुङको मृत्युप्रति शोक व्यक्त गरेको भारतीय सेनाले जनाएको छ। तर, गुरुङको नेपालको ठेगना भने खुलेको छैन। भारतीय सेनामा करिब ३२ हजार नेपाली रहेको अनुमान छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *