२४ घण्टामा ११६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार नाघ्यो

डिसी नेपाल
३० असार २०७७ १६:३०

काठमाडौं । नेपालमा मंगलबार ११६ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टामा थप ११६ जनामा कोरोना देखिएको जानकारी दिएका हुन्।

योसँगै नेपालमा कारोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ। जसमध्ये १० हजार ३२८ जना निको भएका छन्। २४ घण्टामा मात्रै ३४ जना निको भएका छन्। नेपालमा हालसम्म ६हजार ६९५ जना विभिन्न आइसोलसनमा रहेर उपचार गराइरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *