कोभिड रोकथाम कोषका लागि सूर्य नेपालको रु एक करोड
चिप्लेढुङ्गा । गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम कोषका लागि सूर्य नेपाल प्रालिले रु एक करोड आर्थिक सहयोग गरेको छ । सूर्य नेपालका तर्फबाट वाणिज्य प्रमुख गौतम यादव र कारखाना व्यवस्थापक बाबुराम कार्कीले आज प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।
सो अवसरमा मुख्यमन्त्री गुरुङले प्रदेशमा रहेको ठूलो प्रालिले कोभिड– १९ रोकथामका लागि दिएको सबैभन्दा ठूलो आर्थिक सहयोगले रोगविरुद्ध लड्ने दृढतामा बल पुगेको बताए । प्रमुख यादवले कोभिड–१९ को रोकथामका लागि सरकारको कोषमा रकम जम्मा गरेर सामाजिक उत्तरदायित्व वहन गरिएको स्पष्ट गरे ।
प्रदेश कोभिड रोकथाम कोषमा हालसम्म रु ३३ करोड तीन लाख १२ हजार ३९८ जम्मा र रु १८ करोड ५४ लाख ६६ हजार ५०० खर्च भएको प्रदेश सामाजिक विकास मन्त्रालयका लेखा प्रमुख दुर्योधन गिरीले जानकारी दिए। उनका अनुसार कोषमा हाल रु १४ करोड ४८ लाख ४५ हजार ८९८ मौज्दात छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment